बैशाख १४, २०८१, शुक्रबार
               

कैलालीमा माछा मार्दा करेन्ट लागेर १ जनाको मृत्यु, ४ जना पक्राउ

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

माछा मार्ने क्रममा करेन्ट लागेर कैलालीमा १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान जानकी गाउँपालिका–१ भुर्सा बस्ने साहानु चौधरीका २१ वर्षीय छोरा प्रकाश चौधरीको मृत्यु भएको हो ।

कर्णाली नदीबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

करेन्ट लागेर बेहोस भएका उनलाई उपचारका लागि टीकापुर अस्पतालमा लगिएकोमा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

सोधपुछका लागि मृतकसँगै माछा मार्न गएका स्थानीय २५ वर्षीय हरि चौधरी, २० वर्षीय निराजंन चौधरी, २५ वर्षीय देव चौधरी र २२ वर्षीय दीपेश चौधरीलाई नियन्त्रणमा लिइएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि