बैशाख १५, २०८१, शनिबार
               

भारत र चीनबीच लिपुलेकबारे गरेको सम्झौता स्वीकार्य छैन : नेम्वाङ

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दार्चुलाको लिपुलेकलाई लिएर चीन र भारतबीच सन् २०१५ मा भएको सम्झौता नेपाललाई स्वीकार्य नभएको बताएका छन् ।

नेपाली भूमिमा दुई देशबीच व्यापारिक मार्ग बनाउने सहमति भएको थियो । सम्झौता गर्ने बेला नेपाललाई नसोधेका कारण त्यसका विरुद्धमा एकजुट भएर लड्ने उनको भनाइ थियो ।

नेकपा नेतृत्वको सरकारले सीमा मिचिएको बारेमा कुनै देशको नाम लिने र कसैको नाम नलिने भन्ने दोहोरो नीति नलिएको नेम्वाङको भनाइ थियो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रमबारे धारणा राख्दै नेम्वाङले भने, ‘भूकम्पले हामी क्षतविक्षत भएको २०औं दिनमा हाम्रा दुई छिमेकीले लिम्पियाधुराको त्रिदेशीय बिन्दुलाई व्यापार नाकाको रूपमा अगाडि बढाउने सहमति गरेका थिए । विनम्र रूपमा भन्छौं त्यो स्वीकार्य छैन । त्यसको विरुद्धमा लड्छौं । संसद र देशलाई एकजुट बनाएर लड्छौं ।’


कस्तो लाग्यो ?

यो पनि