बैशाख २०, २०८१, बिहीबार
               

नेपाली नानो स्याटेलाइटले थाल्यो पृथ्वीको परिक्रमा

नेपाल फ्ल्यास
असार ०२, २०७६

ADVERTISEMENT

काठमाडौँ : एक महिनाअघि अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले पृथ्वीको परिक्रमा सुरु गरेको छ । सोमबार अपरान्ह  ४ बजेर १९ मिनेटबाट सो नानो स्याटेलाइट ‘नेपालीस्याट-१’ ले पृथ्वी परिक्रमा सुरु गरेको हो ।

जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको यो स्याटेलाइट वैशाख ५ राति साढे २ बजेर प्रक्षेपण गरिएको थियो ।
स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाइ र उचाइ भएको  छ । स्याटेलाइटमा नेपालको झन्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरूको नाम पनि छ ।

यो एक किलो तीन सय ग्राम तौलको छ ।  सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि