बैशाख १४, २०८१, शुक्रबार
               

विप्लव नेकपाका प्रचार विभाग प्रमुख अनिल शर्मा पक्राउ

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

चितवन । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रचार विभाग प्रमुख अनिल शर्मा विरही पक्राउ परेका छन् ।

उनलाई गृहजिल्ला चितवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङले बताए ।

उनी ‘रमेश रिमाल’को नामबाट स्वास्थ्य परीक्षणका लागि अस्पताल आएका बेला पक्राउ परेका हुन् ।

उनी चितवन मेडिकल कलेजमा स्वास्थ्य चेकजाँचका लागि आएका थिए ।

विरही विप्लव नेतृत्वको नेकपाका प्रचार विभागका प्रमुख हुन् । 

उनलाई काठमाडौं ल्याउने वा चितवनमै मुद्दा चलाउने भन्ने विषयमा निर्णय भइनसकेको प्रहरी स्रोतले जनाएको छ ।

यो पनि