बैशाख १४, २०८१, शुक्रबार
               

भित्रियो धुवाँरहित इँटा उत्पादन प्रविधि, वर्षैभरि उत्पादन गर्न सकिने

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

नेपालमा धुँवारहित इँटा उत्पादन गर्ने प्रविधि असल इँटा पद्धति भित्रिएको छ ।

गोरखा इन्नोटेक प्रालिले पहिलो पटक असल इँटा पद्धतिबाट इँटा उत्पादन सुरु गरेको हो । प्रालिले माघ महिनादेखि यो पद्धतिबाट इँटा उत्पादन सुरु गरेको बताएको हो । यसलाई कोरियन कम्पनी इन्नोसिएसआरले नेपाल भित्र्याएको हो । 

इन्नोसिएसआरले नेपालमा औपचारिक रुपबाटै असल इँटा पद्धतिको व्यवसाय सुरु गरेको छ । कम्पनीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी असल इँटा पद्धतिबारे जानकारी गराएको हो । 

इन्नोसिएसआरका सिइओ साम योन्सुक लिले धुवाँरहित यो प्रविधि वातावरण र श्रममैत्री हुनुको साथै परम्परागतभन्दा अत्यधिक उत्पादन गर्न सकिने बताए । 

उनले यसखाले प्रविधि इँटा उत्पादनको क्षेत्रमा नवीनतम् वैकल्पिक प्रविधिको रुपमा नेपाल भित्र्याइएको पनि बताए । झण्डै २ करोड लागतको यो प्रविधिको प्रयोगले वर्षैभरि इँटा उत्पादन गर्न सकिने उनले बताए । 


धुवाँरहित प्रविधिबाट इँटा उत्पादन गर्दा माटो, सिमेन्ट र स्वाइल स्टेवलाइजर पानीको मिश्रणबाट मजबुत पारी तयार गरिन्छ । तत्कालका लागि स्वाइल स्टेवलाइजर कोरियाबाटै ल्याउनुपर्ने भए पनि भविष्यमा नेपालमै उत्पादन गर्ने तयारी भइरहेको इन्नोसिएसआरका सिइओ लिले बताए । 

वार्षिक २ करोड इँटा उत्पादन क्षमता रहेको यो प्रविधिबाट पाँच दिनमा प्रयोग गर्न सकिने इँटा तयार हुन्छ । परम्परागत प्रणालीमा प्रयोग गर्न मिल्ने इँटा तयार हुनका लागि कम्तीमा २८ दिन लाग्छ । 


कस्तो लाग्यो ?

यो पनि