बैशाख १५, २०८१, शनिबार
               

डा. बाबुराम भट्टराई आज भारतबाट स्वदेश फर्किने

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । केही दिन अगाडि भारतमा उपचारको लागि गएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई आज स्वदेश फर्किने भएका छन् ।

उनी नेपाल वायुसेवा निगमको विमानमार्फत दिउँसो ४ बजे काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव रोशन पोखरेलले बताए ।  पेटमा समस्या देखिएपछि डा. भट्टराई गत फागुन ९ गते थप उपचारका लागि नयाँ दिल्ली उडेका थिए ।

उनको यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गरिएको थियो । चिकित्सकहरुले उनको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । 
 


कस्तो लाग्यो ?

यो पनि