बैशाख १४, २०८१, शुक्रबार
               

सभामुख सापकोटा र अष्ट्रेलियाकी राजदूतबीच भेटवार्ता

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग हालै नेपालमा जिम्मेवारी सम्हालेकी नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी जाने भोल्कबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले अष्ट्रेलियन राजदूतलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

सभामुख सापकोटाले नेपाल र अष्ट्रेलियायाबीच ६ दशक लामो कूटनीतिक सम्बन्ध हार्दिक, सुमधुर, बहुआयामिक र नमुनायोग्य रहेको बताउँदै अष्ट्रेलियायाले कोभिड–१९ नियन्त्रणमा हासिल गरेको उपलब्धिप्रति खुशी व्यक्त गरे । उनले अष्ट्रेलियायाको १२० वर्ष लामो संघीयतासम्बन्धी असल अभ्यास नेपालका लागि सिकाइ हुन सक्ने बताए । 

संघीय संसद्मा नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह रहेको स्मरण गर्दै सभामुख सापकोटाले कोभिड नियन्त्रणपछि संसदीय मैत्री समूह थप सक्रिय भई संसद्–संसद्बीचको सहकार्य थप उचाइमा पुग्ने विश्वास गरे । 

नेपाली विद्यार्थीको ठूलो सङ्ख्या अष्ट्रेलियायामा उच्च शिक्षाका लागि अध्ययन र रोजगारीमा समेत रहेको बताउँदै उनले यो अवसरका लागि अष्ट्रेलियाली सरकारलाई धन्यवाद ज्ञापन गरे ।

त्यस्तै, राजदूत भोल्कले आफ्नो कार्यकालमा नेपालमा व्यापार, लगानी प्रवर्द्धन  र संघीयता कार्यान्वयनका लागि सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले आफ्नो देशमा संघीयताको लामो इतिहास भए पनि सिक्ने क्रम जारी रहेको चर्चा गर्दै नेपाल र अष्ट्रेलियाले एक अर्काबाट सिक्नुपर्ने धेरै विषय रहेको बताइन् ।

उनले आफू २० वर्षको उमेरमा नेपाल आएको, त्यसपछि पनि तीन पटक नेपाल घुम्न आएको स्मरण गर्दै अहिले राजदूतका रुपमा आउन पाउँदा खुशी लागेको बताइन् । 

यो पनि