बैशाख १४, २०८१, शुक्रबार
               

सर्वोच्चले बोलायो रिट निवेदक

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद् विघटनविरुद्ध परेका रिटमाथिको बहस र सुनुवाइँ सकिएर फैसलाको मिति नजिकिएसँगै सर्वोच्च अदालतको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यतिखेर सर्वोच्च परिसर र वरिपरि सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ । संसद् पुनर्स्थापनाको माग गर्दै परेका रिटमाथि बहस सकिएपछि संवैधानिक इजालसले बिहीबार हेर्दा हेर्दैमा राखेको छ ।

बिहीबार साँझ इजलासले सबै रिटका १३ जना निवेदकलाई बोलाएको छ । एक रिट निवेदकले फैसला सुनाउन सक्ने सम्भावना पनि रहेको बताए ।

संसद् विघटनको मुद्दा सुनुवाइँ भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा यतिखेर इजलास चलिरहेको छ । इजलासले मंगलबार कार्यालय समय सकिएपछि पनि यो मुद्दामा सुनुवाइ गरिरहेको छ ।

संसद विघटनविरुद्ध परेको १३ वटा रिटमा पुस १० गतेदेखि सुनुवाई भइरहेको छ । फागुन ७ गतेसम्म रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको बहस सकिएपछि इजलास मंगलबारका लागि बोलाइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि