बैशाख १५, २०८१, शनिबार
               

पछिल्लो २४ घण्टामा थप एक सय १०मा कोरोना पुष्टि

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक सय १०जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन्। 

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ । नेपालमा एक हजार ५३३ सक्रिय संक्रमित छन् । त्यसैगरी, सोही अवधिमा थप १०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या दुई लाख ७० हजार ६८ पुगेको छ भने कोरोनाका कारण पछिल्लो  २४ घण्टामा चार जनाले ज्यान गुमाएका छन् ।

मंगलबार चारको ज्यान गएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई  हजार ६५ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि