बैशाख १४, २०८१, शुक्रबार
               

महोतरीमा एक दम्पती बेपत्ता

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौं  । महोतरी पिपरा गाउँपालिका- ५ सहोडवास्थित आफ्नै घरमा राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार दुवैजना छुट्टाछुट्टै कोठामा सुतेका उनीहरु मंगलबार बिहान दुवैजना घरमा नहुँदा दुवैजना बेपत्त भएको खुलासा भएको हो । वृद्ध दम्पतीको घरमा रगतको छिटा पनि देखिएको पनि प्रदेश प्रहरीले जनाएको  छ ।

प्रहरीका अनुसार घटनाबारे केही खुलेको छैन । प्रहरीका अनुसार बेपत्ता दम्पतीको खोजी कार्य भइरहेको छ । यसका अलवा वृद्ध दम्पतीसँग रहेकी बुहारी र स्थानीयसँग विषयमा सोधपुछ भइरहेको छ । झाकी बुहारी उनीहरुसँगै बस्दै आएकी थिइन् । झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् ।

बेपत्ता झा दम्पतीको अविलम्ब खोजीको माग गर्दै अविलम्ब खोजी गरिदिन माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि