चैत १५, २०८०, बिहीबार
               

संविधान र गणतन्त्र रक्षाका लागि राजनैतिक लडाईं लडिरहेका छौँ : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक लडाईं लडिरहेको बताएका छन् ।

आज (बिहीबार) प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई सही बाटोबाट अयन्त्र लैजान नदिन राजनीतिक लडाईं लडिरहेको बताएका हुन् ।

‘हामी एउटा शान्तिपूर्ण, वैधानिक, लोकतान्त्रिक विधि र बाटोबाट राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सामाजिक न्याय र समतानतका पक्षमा, सामाजिक न्याया र समानतका पक्षमा हामीले लडेर ल्याएको संविधानको रक्षा गर्ने, संधीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, लोकतानित्रक प्रणालीलाई कुबाटोमा लैजान नदिन राजनीतिक लडाईं लडिरहेका छौँ’, उनले भने ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्य पहिल्याएर अगाडि बढेको बताए ।


कस्तो लाग्यो ?

यो पनि