बैशाख १५, २०८१, शनिबार
               

सिटिजन्स बैंकको दोस्रो त्रैमाशमा २७.२६ प्रतिशतले नाफा बढ्यो

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा २७.२६ प्रतिशतले नाफा बढाएको छ । 

यस बैंकले ६ महिनाको अवधिमा ८७ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकले नाफा १८ करोड ९४ लाख रुपैयाँ बढाएको जानकारी दिएको छ ।

यस अवधिमा बैंकले ३५ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ । ६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीहरुलाई ८.९ प्रतिशत लाभांश दिने जनाएको छ । 

बैंकको खुदब्याज आम्दानी बढेर १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ पुगेको छ । बैंकको अघिल्लो वर्षको यहि अवधिमा बैंकले १ अर्ब ४३ करोड ७९ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको थियो । खुदब्याज आम्दानी र वासलातको समग्र वृद्धि भएको छ । 

यस बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८३ पैसा छ  । बैंकको गत वर्षको सो अवधिमा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९५ पैसा रहेको थियो । प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९५ प्रतिशत रहेको छ । 

बैंकको प्राथमिक स्रोत, कर्जा र निक्षेप अनुपात रेसियो ७२.९१ र स्प्रेडदर ४ प्रतिशतमा घटेको छ । १ खर्ब ५ अर्ब १७ करोड रुपैयाँले बैंकको निक्षेप बढेको हो । गत वर्ष बैंकको निक्षेप परिचालन ८८ अर्ब ४९ करोड रुपैयाँ थियो । बैंकले झण्डै १८ अर्ब रुपैयाँ निक्षेप बढाएको छ

बैंकले ८७ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापुँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ । ३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ छ । 


कस्तो लाग्यो ?

यो पनि