बैशाख १५, २०८१, शनिबार
               

दूतावासका कर्मचारीलाई कोरोना संक्रमण भएपछि युएईमा कन्सुलर सेवा स्थगित

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

दोहा । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासमा कार्यरत केही कर्मचारीलाई कोभिड-१९ को संक्रमण भएको भन्दै कन्सुलर सेवाहरू बन्द गरिएको छ ।

दूतावासले सूचना जारी गर्दै सेवा लिन आउनेहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीहरूमा कोभिडको संक्रमण भई आवश्यक स्वास्थ्य सावधानी अपनाउनुपर्ने भएकाले  कन्सुलर सेवाहरु माघ ६ गतेदेखि केही दिनका लागि बन्द गरिएको जनाएको छ ।

दूतावासका अनुसार राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारेसनामा, मागपत्र प्रमाणीकरण लगायतका अन्य कागजात प्रमाणीकरणको काम स्थगन भएको छ । संक्रमणमुक्त भएमा सेवाहरु यथाशीघ्र फेरि सुरू गरिने पनि जनाइएको छ ।

अत्यन्त जरूरी सेवाहरू भने अनलाइनबाट यथावत प्रदान गरिएको दूतावासले जनाएको छ । यसका लागि दूतावासको फोन नम्बर ०२६३४४ ३८५ र ईमेल [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि