बैशाख १५, २०८१, शनिबार
               

'फेसन सो'को बहानामा बोलाइएका फोटोग्राफर विराटनगरमा लुटिएपछि...

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

विराटनगर । फेसन सोको बहानामा बोलाइएका फोटोग्राफर लुट्ने दुई जना पक्राउ परेका छन् । 

मोरङको विराटनगरमा फेसन सो कार्यक्रम रहेको भन्दै उक्त कार्यक्रममको फोटो खिच्न पोखराबाट दुई जना फोटोग्राफर बोलाइएको थियो ।

पक्राउ पर्नेहरुमा झापा अर्जुनधारा नगरपालिका–६ का २० वर्षीय अनुप ढकाल र साराशं भट्टराई रहेका छन् । 

अनुपले पोखरा महानगरपालिका–२० का ‘योअर डिजिटल फोटो गुड्स सेन्टर’ का सञ्चालक विमल कार्कीलाई विराटनगरमा फेसन सोका लागि फोटो खिच्न आवश्यक सामाग्रीसहित बोलाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार, गत पुस २४ गते फोटो खिच्नका लागि बोलाइएका विमललाई अनुपले पेश्की रकम भन्दै इसेवामार्फत चार हजार समेत पठाएका थिए । 

विमल फोटो खिच्नका लागि पुस २५ गते मोरङको बुढीगंगा पुगे । उनलाई त्यहाँ रहेको आरएन होटलको कोठा नम्बर ११४ मा बस्ने व्यवस्था मिलाइयो, उनी त्यहीँ बसे । 

विमललाई खाना खुवाउनका लागि सुनसरीको इटहरी लगिएको पीडित पक्षको भनाई उद्धृत गर्दे जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । 

विमल खाना खाँदै गर्दा अनुप त्यहाँबाट निस्किए । उनी विमललाई राखिएको होटलमा पुगे । र होटलको कोठामा रहेको फोटोग्राफी (क्यामेरा) का  सामाग्रीहरु चोरी गरी फरार भएका प्रहरी अनुसन्धानमा खुल्न आएको छ । 

प्रहरीका अनुसार चोरी भएका सामाग्रीहरु क्यामरा लाइट ब्याट्री पाँच थान, चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट, मेमोरी कार्ड ६ थान, ड्रोन एक थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर एक थान, माइक दुई थान, पावर बैंक तीन थान, ट्रिगर दुई थान, ब्याट्री चार्जर ६ थान, ल्यापटप एक थान, झोला सात थान, क्यामेरा तीन थान र लाइट एक थान बरामद भएको छ । 

यो पनि