बैशाख १४, २०८१, शुक्रबार
               

३ ग्राम लागूऔषधसहित २ जना पक्राउ

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

कञ्चनपुर बेदकोट नगरपालिका-७ लालपुरस्थित सडकबाट ३ ग्राम २४० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने ३० वर्षीय भीम बहादुर बिष्ट र २७ वर्षीय हिक्मत देउवा रहेका छन् । म.१ ह १२४३ नम्बरको अटोलाई क्षेत्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पक्राउ गरिएकाे हाे ।

प्रहरी टोलीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि