बैशाख १५, २०८१, शनिबार
               

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आइतबार दिउँसो १ बजे प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने विषयमा अध्यक्षको सचिवालयलाई जानकारी गराइसकेको संसद सचिवालयका सञ्चारविज्ञ डिल्ली मल्ल्ले जनाकारी दिए ।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीले पहिलोपटक राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

उनले यस विषयमा १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर बैठकको कार्यसूची तय गर्ने जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि