बैशाख १७, २०८१, सोमबार
               

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

यसैबीच, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएसँगै बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् ।

पदबाट राजीनामा दिनेहरुमा आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल छन् ।

यो पनि