बैशाख १५, २०८१, शनिबार
               

०६५.६३ विन्दुमा नेप्से, कुनको कति पुग्यो मूल्य ?

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बिहीवार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ५.४० अंकले घटेर २ हजार ०६५.६३ विन्दुमा पुगेको छ ।  

कारोबार शुरु भएको ९ मिनेटमा परिसूचक २ हजार ११८.४१ विन्दुसम्म पुगेको थियो । सो पश्चात ओरालो लागेको नेप्से कारोबारको दोस्रो घण्टामा ०.२६ प्रतिशतले घटेको छ ।  

कारोबारको दोस्रो घण्टामा अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक वृद्धि भएको छ । यस अवधिमा उक्त कम्पनीको शेयरमूल्य ९.९५ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य ४३१ कायम भएको छ ।  

१२ ओटा समूहको परिसूचकमध्ये होटल्स, जलविद्युत र लघुवित्त समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, वित्त, निर्जीवन बीमा, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ७९ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य १ हजार ७५० मा कारोबार भइरहेको छ ।

बिहीबार १ बजे आसपासमा साढे ४ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से सूचक करिब ८ अंकले तल झरेको छ ।


कस्तो लाग्यो ?

यो पनि