बैशाख १५, २०८१, शनिबार
               

बौद्धमा आमा र एक महिनाकी छोरी मृत अवस्थामा फेला, श्रीमान् अचेत

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । बौद्धमा एक महिला र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेकी छन् । 

गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीले जानकारी दिए ।

दोर्जेको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । 

राती सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

दोर्जे परिवारले (आफू बस्ने घरमै) किराना पसल सञ्चालन गर्दै आएका थिए । बिहान घरबेटी सामान लिन पसल जाँदा अबेरसम्म पनि पसल नखुलेपछि घरबेटीले उनीहरुलाई बोलाएका थिए । तर भित्र कोठाबाट कुनै आवाज नआएपछि घरबेटीले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरी आएर कोठाको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा फेला परेको र बुबा छट्पटाइरहेको अवस्थामा फेला परेको डिएसपी कार्कीले बताए ।

‘राति सुत्दा उनीहरुले क्वाइलवाला हिटर र इलेक्ट्रिकल हिटर बालेर सुतेका रहेछन्,’ डिएसपी कार्कीले भने, ‘झ्यालढोका सबै बन्द रहेछ । कोठामा भेन्टिलेसन समेत छैन ।


कस्तो लाग्यो ?

यो पनि