काठमाडौं । तनहुँकाे ब्यास नगरापालिकामा पुलकाे उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका वरिस्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकाे विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् ।
उपभाेक्ता समितिकाे निमन्त्रणामा पुलकाे उद्घाटन गर्न पुगेका नेता पौडेलमाथि गरिएकाे दुर्व्यवहार र गिरफ्तारी अत्यान्तै निन्दनीय छ- सभापति देउवाद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।