बैशाख १४, २०८१, शुक्रबार
               

युवतीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

मोरङ । युवतीलाई बलात्कार गरेको आरोपमा मोरङको रंगेलीबाट एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २५ वर्षीय बौका भन्ने सुरेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ ।

शारीरिक र मानसिक रुपमा फरक क्षमता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा सुरेन्द्रलाई पक्राउ परिएको प्रहरीले जनाएको छ ।

शनिबार अपरान्ह दुई बजे रंगेली नगरपालिका–५ बहुवान स्थित कदमगाछि टोल बस्ने ती युवतीलाई सुरेन्द्रले बलात्कार गरेको  जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

युवती एक्लै भएको मौका पारी धान परालको बोझामा जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले युवकलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि