बैशाख १४, २०८१, शुक्रबार
               

रियल मड्रिडका दुई खेलाडीमा संक्रमण देखिएपछि आइतबारको खेल गुम्यो

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

स्पेनिस क्लब रियल मड्रिडका इडन हजार्ड र कासेमिरो कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनीहरु दुवै आइसोलेसनमा रहेको क्लबले जनाएको छ ।

२९ वर्षे बेल्जियन फरवार्ड इडन र २८ वर्षे ब्राजिलियन मिडफिल्डर कासेमिरोले आइतबार हुने भ्यालेन्सियासँगको खेल गुमाउने भएका छन् ।

शुक्रबार गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको रियल मड्रिडले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

यो हप्ताको सुरुमा डिफेन्डर एडर मिलितओ कोरोना भाइरसबाट संक्रमित भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि