बैशाख १४, २०८१, शुक्रबार
               

तीन राज्यको ४६ मतमा निर्भर छ ट्रम्प र बाइडेनको भाग्य

एजेन्सी
कात्तिक १९, २०७७

ADVERTISEMENT

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा अझै स्पष्ट भइसकेको छैन । 

निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक प्रत्याशी जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

बाइडेनले हालसम्म २२४ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २१३ मत प्राप्त गर्न सफल भएका छन् ।

यो निर्वाचनको नतिजा मतपरिणाम आउन बाँकी रहेका राज्यमध्ये खासगरी मिसिगन, पेन्सलभेनिया र विस्कन्सिन राज्यको परिणाममा निर्भर हुने देखिएको छ ।

यी तीन राज्यमा ४६ इलेक्टोरल मत छन् । यी राज्यको नतिजा जसको पक्षमा जान्छ, चुनाव उसैले जित्ने अवस्था छ ।

विस्कन्सिनमा केही प्रतिशत मात्र मतगणना बाँकी हुँदा बाइडेन झिनो अन्तरले अगाडि देखिएका छन् । यो राज्यको इलेक्टोरल मत १० छ ।

यसैगरी मिसिगनमा भने ट्रम्प झिनो अन्तरले अगाडि छन् । यहाँ करिब ९० प्रतिशत मतगणना सकिएको छ। यो राज्यको इलेक्टोरल मत १६ छ ।

अर्को महत्वपूर्ण राज्य पेन्सलभेनियामा ६४ प्रतिशत मतगणना हुँदा ट्रम्पले १० प्रतिशतको दुरी कायम गरेका छन् । यो राज्यको इलेक्टोरल मत २० छ ।

मिसिगन र पेन्सलभेनिया दुवैको नतिजा ट्रम्पको पक्षमा गए बाइडेनका लागि चुनाव जित्न मुस्किल हुनेछ ।

यीबाहेक नर्थ क्यारोलाइना र जर्जियामा पनि ट्रम्प अगाडि देखिएका छन् भने नेभाडामा बाइडेनको अग्रता छ । 

यो पनि