बैशाख २३, २०८१, आइतबार
               

राष्ट्रपति ट्रम्पको विरोधमा प्रदर्शन, ट्रम्पको यस्तो घोषणा

एजेन्सी
कात्तिक १९, २०७७

ADVERTISEMENT

निर्वाचनको रात मतगणना हुँदै गर्दा अमेरिकाको राजधानी वाशिङटन डीसीको सडकमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरोधी प्रदर्शन भइरहेको छ ।

सयौँ मानिसहरू सडकमा उत्रदाँ केही स्थानमा सडक अवरुद्ध भएको बिबिसीले उल्लेख गरेको छ ।

प्रदर्शनकारीहरूले 'हामीले न्याय पाउँदैनौँ भने उनीहरूले शान्ति पाउँदैनन्' भन्ने नारा लगाएका छन् ।

सामान्यतया प्रदर्शन शान्तिपूर्ण भएपनि ह्वाइट हाउस बाहिर केही तनाव भएको र तीनजनालाई गिरफ्तार गरिएको एनबिसी समाचार संस्थाले जनाएको छ ।

अन्य राज्यहरूमा पनि साना विरोध प्रदर्शनहरू भएको बताइएको छ ।

ट्रम्पले भने चुनाव जितिसक्यौँ

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले चुनावको मतपरिणाम गणना भइरहँदा आफूले जितेको घोषणा गरिएिका छन् ।

चुनावको सम्पूर्ण नतिजा आइनसक्दै ट्रम्पले आफूले जितेको घोषणा गरेका हुन् ।

मतगणना जारी रहँदा ह्वाइट हाउसबाट सम्बोधन गर्दै ट्रम्पले भने, ‘जहाँसम्म मेरो कुरा छ, हामीले जितिसक्यौँ।’

‘हामी ठूलो उत्सवका लागि तयार थियौँ,’ उनले भने, ‘हामीले सबै जित्दैथियौँ । अचानक रोक्यौँ।’

उनले विपक्षीले धाँदलीको प्रयास गरेको आरोप पनि लगाए ।

विपक्षी दलले धाँधली गरे अमेरिकी जनतामाथिको ठगीगरेको उनले टिप्पणी गरे ।

अमेरिकाको राष्ट्रपति चुनिन ५१ राज्यबाट २७० इलेक्टोरल कलेज (सिट) जित्नुपर्छ ।


कस्तो लाग्यो ?

यो पनि