बैशाख १२, २०८१, बुधबार
               

ट्रम्प भर्सेस बाइडेन : बाइडेनले भने 'धैर्य राख्नुहोस्', ट्रम्प भन्छन् 'ठूलो जित !'

एजेन्सी
कात्तिक १९, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले फराकिलो अन्तरले जित्ने अपेक्षा धेरैले गरेका थिए ।

तर, मतपरिणाम सार्वजनिक भइरहँदा डोनाल्ड ट्रम्पको स्थिति सोचेभन्दा बलियो देखिएको विश्लेषकहरुले बताएका छन् ।

दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको ओहायो राज्य ट्रम्पले जितेका छन् । 

त्यस्तै फ्लोरिडा, जर्जिया र नर्थ क्यारोलाइनामा पनि उनले जित हात पार्ने अपेक्षा गरिएको छ । यी राज्यमा बाइडेनले ठूलो लगानी गरेका थिए ।

एरिजोना राज्यमा भने बाइडेन अगाडि छन् ।

खासगरी ल्याटिनो मतदाताबीच बाइडेनले राम्रो प्रदर्शन गर्न नसकेको जनाइएको छ ।

फ्लोरिडामा ट्रम्पको जित

२९ इलेक्टोरल मत भएको ठूलो राज्य फ्लोरिडा राष्ट्रपति डोनाल्ड ट्रम्पले जित्ने भएका छन् ।

सीएनएनका अनुसार ट्रम्पको इलेक्टोरल मतमा ठूलो वृद्धि हुने भएको छ ।

सुरुवाती अग्रता लिएका डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले २१५ इलेक्टोरल मत सुरक्षित गरेका छन् ।

फ्लोरिडामा जितसँगै ट्रम्पको इलेक्टोरल मत संख्या पनि १६५ पुगेको छ ।

दुबैको आशा

निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा दुवै उम्मेदवारले आफूले जित्ने आशा व्यक्त गरेका छन् ।

डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले डेलावेयरमा संक्षिप्त मन्तव्य दिँदै धैर्य राख्न समर्थकहरुलाई आग्रह गरेका छन् ।

‘लामो समय लाग्छ भन्ने हामीलाई थाहा थियौँ,’ उनले भने, ‘धैर्य र विश्वास राखौँ । हामी यो निर्वाचन जित्ने क्रममा छौँ ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि राति नै वक्तव्य दिने जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘आज राति म एक वक्तव्य दिनेछु । ठूलो जित !’

अमेरिकाको राष्ट्रपति बन्न उम्मेदवारले २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्ने हुन्छ । 

यो पनि