बैशाख १५, २०८१, शनिबार
               

करिब ७७ प्रतिशतले जिते कोरोना

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार २७९ मा पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । आजैको विवरणमा दुई हजार दुई सय ६४ जना निको भएका छन् । अहिलेसम्म एक लाख ३१ हजार २२२ जना निको भएका छन् । निको हुने दर ७६.९ प्रतिशत रहेको छ ।

सङ्क्रमितमध्ये ९७६ महिला र एक हजार ५३२ पुरुष रहेका छन् । आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमण हुनेको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ भने सक्रिय सङ्क्रमित ३८ हजार ५८४ पुगेका छन् । काठमाडौमा उपत्यकामा आज एक हजार ३५७ जना सङ्क्रमित देखिएका छन् । 

यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा नौ जना, बागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा तीन जना, लुम्बिनी प्रदेशमा चार जना र सूदुरपश्चिम प्रदेशमा एक जना उपचार गराइरहेका छन ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व) दाङ, रुपन्देही र कैलाली छन् । शून्य सङ्क्रमित भएका जिल्लामा मुस्ताङ, मनाङ र बाजुरा रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि