बैशाख १४, २०८१, शुक्रबार
               

अवैध गाँजासहित आठ जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोंगबु पवित्रनगरबाट १० किलो अवैध लागूऔषध गाँजासहित धादिङ गल्छी घर भएका २५ बर्षीय ईश्वर थापा समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा बसिरहेका उनीहरूलाई महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिणामको लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

साथै उदयपुरकाे चौदण्डीगढी नगरपालिका-१० देबधारबाट १ किलो ३६५ ग्राम लागूऔषध गाँजासहित सोही ठाउँ बस्ने ७२ बर्षीय सबुरलाल चौधरी समेत ५ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ । चौधरीले लागूऔषध गाँजा बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरी समेत खरिद गर्न आएका सोही ठाउँ बस्ने सुरेन्द्र दनुवार लगायत ५ जनालाई पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि