बैशाख १४, २०८१, शुक्रबार
               

अमेरिकामा एकैदिन थपिए एक लाखभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।

साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९३ लाख १६ हजार १३३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६० लाख १८ हजार ९१० जना संक्रमणमुक्त भएका छन् ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ९८५ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३५ हजार १५६ पुगेको छ । उपचार गराइरहेका ३० लाख ६२ हजार ६७ जनामध्ये १६ हजार ९८३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि