बैशाख १४, २०८१, शुक्रबार
               

कारको ठक्करबाट एक महिलाकाे मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । कारले ठक्कर दिँदा एक पैदलयात्रीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १२ च ३१७७ नम्बरको कारले बाटो काट्दै गरेकी दराईलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा साँझ ५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । 


कस्तो लाग्यो ?

यो पनि