बैशाख १४, २०८१, शुक्रबार
               

प्रदेश नं १ मा ७१ पत्रकार संक्रमित

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

प्रदेश नं १ मा हालसम्ममा ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण भएको छ । प्रदेश नं १ का नेपाल पत्रकार महासङ्घका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा छन् भने अरू सङ्क्रमणमुक्त भइसकेका छन् । 

यसैबीच नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटालाई आज कोभिड—१९ को सङ्क्रमण पुष्टि भएको छ । उनको कनकाईस्थित मेची प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार पिसिआर परीक्षण गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको हो । होम आइसोलेसनमा रहनु भएका उनको स्वास्थ्य अवस्था सामान्य छ ।

साथै  प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५६९ जना कोरोना सङ्क्रमत थपिएका छन् । यस अवधिमा गरिएको एक हजार ९६० जनाको पिसीआर परीक्षणमा २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज ६१९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । निको भई घर फर्कनेको सङ्ख्या अहिलेसम्म १० हजार ७९८ पुगेको छ । अहिलेसम्म एक लाख ५८ हजार ९४८ जनाको पिसिआर परीक्षण गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि