बैशाख २६, २०८१, बुधबार
               

र्‍यापर भिटेनलाई कारबाही गर्न निर्देशन

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

काठमाडौं । अश्लील शब्दहरू भएको गीत गाएपछि र्‍यापर ‘भिटेन’ उर्फ समिर घिसिङलाई छानबिन गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको छ ।

‘पारा’ नामको हालै सार्वजनिक गीतमा प्रयुक्त शब्दहरू अश्लील र आपत्तिजनक रहेको कार्यालयले जनाएको छ । सामाजिक रूपमा अपाच्य र आपत्तिजनक शब्द भएको उक्त गीत हाल युट्युबमा ट्रेण्डिङको पहिलो नम्बरमा छ ।

साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले प्रहरी प्रधान कार्यालयबाट पठाएको निर्देशनसहितको पत्र प्राप्त भएको बताए । उनले गीत र गीतको म्युजिक भिडिओबारे प्रारम्भिक चरणको अनुसन्धानमा रहेको बताए ।

गत वर्ष भिटेनलाई महानगरीय अपराध महाशाखाले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा गरेको थियो । र, भिडिओ डिलेट गराउँदै त्यस्तो शब्द प्रयोग गरेर गीत नगाउन र भिडिओ सार्वजनिक नगर्न सचेत गराएको थियो ।

फेरि, त्यस्तै खालको गीत गाएपछि प्रहरी प्रधान कार्यालयले नै ‘एक्सन’ मा जान साइबर ब्यूरोलाई निर्देशनात्मक पत्र लेखेको हो ।


कस्तो लाग्यो ?

यो पनि