बैशाख १४, २०८१, शुक्रबार
               

काठमाडौं उपत्यकामा थपिए १ हजार ६१५ संक्रमित

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०४ महिला र ९११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

यससँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ पुगेको छ । संक्रमितमध्ये ४२ हजार ५०४ जना निको हुँदा सक्रिय संक्रमित १६ हजार ५२१ जना रहेका छन् । 

यसैगरी भक्तपुरमा ५ हजार ५१९ जना संक्तमित रहेकोमा ४ हजार ३८३ जना निको भएका छन् । यस्तै हाल १०७५ जना सक्रिय संक्रमित रहेको भक्तपुरमा ६१ जनाको कोरोनाबाट मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि