बैशाख १५, २०८१, शनिबार
               

स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ अब साताको दुई दिन मात्र

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक गर्दै आएको कोरोनासम्बन्धी नियमित पत्रकार सम्मेलन अब सातामा दुई दिन मात्रै हुने भएको छ। 

बुधबार दिउँसोको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक हुँदै आएको प्रेस ब्रिफिङ अबदेखि आइतबार र बुधबार मात्रै हुने जानकारी दिए ।

अन्य दिनमा दिउँसो साढे ४ बजे वेबसाइट, सामाजिक सञ्जालबाट सूचनाहरू सार्वजनिक गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 
 


कस्तो लाग्यो ?

यो पनि