बैशाख १४, २०८१, शुक्रबार
               

बुधबार उपत्यकामा थप ८४३ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ८४३ जना कोरोना संक्रमित पहिचान भएका छन् । जसमा काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । 

उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर  १ हजार ९५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको  नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘ आठ हजार २४८ जनाको पीसीआर गर्दा एक हजार ९५४ जनामा संक्रमण पुष्टि भएको हो ।’

त्यसैगरी,  उनले देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३  पुगेको जानकारी दिए । यसका अलवा उनले संस्थागत आइसोलेसनमा सात हजार ७०९ र होम आइसोलेसनमा ३१ हजार ९३४ छन् । 
यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ११  जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि