बैशाख १४, २०८१, शुक्रबार
               

कैलालीबाट पाँच जुवाडे पक्राउ

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

कैलाली । कैलालीबाट पाँच जुवाडे पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका ६ स्थित एक कुखुरा खोरबाट प्रहरीले उनीहरु पक्राउ परेका हुन् । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

उनीहरुको साथबाट दुई गड्डी तास र दुई लाख २३ हजार ५०० नगद बरामद गरिएको बताइएको छ । प्रहरीले पाँच जनालाई पक्राउ गरेको बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि