बैशाख १४, २०८१, शुक्रबार
               

कोरोनाबाट एकैदिन सात हजारभन्दा बढीकाे मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

कोरोनाका कारण विश्वमा एकैदिन सात हजारभन्दा बढीकाे मृत्यु भएकाे छ । करीब तीन महिनापछि विश्वमा एकैदिन कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या मंगलबार सात हजार नाघेकाे हाे । 

यसअघि विश्वमा एकैदिन सबैभन्दा बढी संक्रमितको मृत्यु १७ अप्रिलमा भएको थियो । उक्त दिन आठ हजार ५१४ जनाको मृत्यु भएको तथ्याङ्क छ । 

हिजो सबैभन्दा धेरै अमेरिकामा १०३७ जनाको मृत्यु भएको छ । ब्राजिलमा ५३०, फ्रान्समा ५२३ र भारतमा ५१९ जनाको मृत्यु भएको छ । हिजो विश्वभर चार लाख ५७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । अमेरिका र युरोपियन देशमा संक्रमितको संख्या फेरि बढ्न थालेको छ । अघिल्लो साताभन्दा युरोपमा ४० प्रतिशतले संक्रमितको संख्या बढेको विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

खासगरी फ्रान्स, स्पेन, बेलायत, इटाली, नेदरल्यान्ड्स र रसियामा संक्रमित बढ्न थालेका छन् । स्पेनले नियन्त्रणका लागि कडा प्रतिबन्धको घोषणा गरिसकेको छ। इटालीले पनि नयाँ नियमहरु सार्वजनिक गरेको छ । जाडो महिना सुरु हुन थालेपछि यी देशमा संक्रमण बढ्न थालेको हो ।


कस्तो लाग्यो ?

यो पनि