बैशाख १४, २०८१, शुक्रबार
               

भारतीय स्थल सेनाध्यक्ष नरभानेको तीनदिने नेपाल भ्रमणको कार्यतालिका तय

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको मिति तोकिएको छ । उनको नेपाल भ्रमण नोभेम्बर ४ देखि तीन दिनका लागि निश्चित भएको हो । 

जंगीअड्डा स्रोतका अनुसार उनको भ्रमणको कार्यतालिका भारतीय पक्षले तोकेको हो । भारतीय पक्षले तोकेको सो कार्यतालिकालाई नै दुई देशका अधिकारीले  भ्रमणको मितिलाई औपचारिक दिने तयारी भइरहेको जंगीअड्डाले जानकारी दिएको छ । 

भारतीय पक्षले नै तय गरेको मितिलाई नै औपचारिकता दिने बढी सम्भावना रहेको स्रोतले बतायो ।

नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट यो स्तरको भ्रमण हुन लागेको हो । भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक तरिकाले कुराकानी हुने अपेक्षा गरिएको छ ।

केही दिनअघि मात्रै रअ प्रमुखको भ्रमणले नेपालको राजनीति तातिरहेका बेला उनको भ्रमणलाई महत्वाका साथ हेरिएको छ । 

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच चर्किएको सीमा विवाद चर्किएको थियो । त्यहीबीच नरभानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

यो पनि