बैशाख २०, २०८१, बिहीबार
               

संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघ्यो

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार २१५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै निको हुनेको संख्या १ लाख २ हजार ८१० पुगेको प्रवक्ता गौतमले बताए । मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६९ दशमलभ २ प्रतिशत रहेको छ। 

मन्त्रालयका अनुसार १५ हजार २५५ जनाको पिसिआर परीक्षण भएको छ । योसँगै १३ लाख ५० हजार १ सय ५२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

नेपालमा ४४ हजार ८७७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि