बैशाख १४, २०८१, शुक्रबार
               

अर्थमन्त्रीको नामको नक्कली इमेल आइडीबाट गलत सन्देश प्रवाह

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

अर्थमन्त्री विष्णु पौडेलको नामबाट नक्कली इमेल आइडी बनाई  विभिन्न व्यक्तिहरूलाई गलत र भ्रामक सन्देश पठाएको पाइएको छ। नक्कली इमेल आइडीबाट जथाभाबी इमेल सन्देश प्रवाह हुन थालेपछि मन्त्री पौडेल समस्यामा परेका छन् । नक्कली आइडीविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

अनुसन्धानको लागि प्रहरीको साइबर सेलमा निवेदन दर्ता गरिएको छ । मन्त्री पौडेलको नामको आधिकारिक इमेल आइडीबाट आएका सन्देशलाई मात्र आधिकारिक मान्न उनको सचिवालयले अनुरोध गरेको छ ।

आधिकारिक बाहेक अरू कुनै आइडीबाट इमेल प्राप्त भएमा  अर्थमन्त्रीको सचिवालयमा खबर गर्न मन्त्री पौडेलको स्वकीय सचिव यम पाण्डे फेसबुकमार्फत अनुरोध गरेका छन् । 

स्वकीय सचिव पाण्डेले लेखेका छन् ‘अर्थमन्त्री विष्णुप्रसाद पौडेलज्यूको नामबाट नक्कली इमेल आइडी बनाई  विभिन्न व्यक्तिहरूलाई गलत र भ्रामक सन्देशहरू सम्प्रेषण गरेको पाइएको छ । त्यस्ता सन्देशबाट प्रभावित  नहुन र मन्त्रीज्यूको नामबाट त्यस्तो कुनै सन्देश प्राप्त भएमा मन्त्रीज्यूको सचिवालयसम्म पुराएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । साथै त्यस्ता इमेल आइडीहरू उपर कानुनी कारबाहीका लागी प्रक्रिया अगाडी बढाइएको पनि जानकारी गराउँदछौँ । ’


कस्तो लाग्यो ?

यो पनि