बैशाख १४, २०८१, शुक्रबार
               

मेयरले उद्घाटन गरेको वडा कार्यालयमा उपमेयरले हानिन् ढुंगा

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

कैलाली  । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले उद्घाटन गरेको नवनिर्मित वडा कार्यालयमा सोही नगरपालिकाकी उपमेयरले ढुंगा हानेकी छिन् । 

सो नगरपालिकामा बनेका तीन नवनिर्मित  वडा भवनमध्ये वडा नम्बर ७ को वडामा रहेको शिलालेखमा उपमेयर थापाले ढुंगा हानेकी हुन् । सो नगरपालिकाको शिलालेखमा आफ्नो नाम उल्लेख नगरेकाले आफूले ढुंगा हानेको उनको भनाइ छ । सो पालिकामा हाल  ७, ५ र १२ मा नवनिर्मित भवन बनेका छन् । 

शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखेको भन्दै उनले मेयरविरुद्ध नाराबाजी गरिन् । यसका अलवा उनले  शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटनमा अवरोध गर्ने उनको भनाइ छ ।

यो पनि