बैशाख १५, २०८१, शनिबार
               

घटस्थापनादेखि खुल्नेछ मैतीदेवी मन्दिर

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएका काठमाडौं उपत्यकाका शक्तिपिठमध्येको एक मैतीदेवी मन्दिर घटस्थापनाको दिनदेखि खुल्ने भएको छ ।

मैतिदेवी मन्दिर क्षेत्र प्रवन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रासमेत निकाल्नुपर्ने प्रचलन रहेकाले मन्दिर खुला गर्न लागिएको बताए ।

स्थानीय भक्तजनहरुको आग्रहमा कात्तिक एक गतेदेखि धेरै भिड नहुने गरी मन्दिर खुल्ला गरिने कपालीको भनाइ छ । गुठियारहरुसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले जानकारी दिए ।

तर सरकारले अन्य धेरै क्षेत्र खुल्ला गरिसके पनि शक्तिपिठहरु खोल्ने कि नखोल्ने भन्ने निर्णय गरिसकेको छैन ।

काठमाडौं उपत्यकाका शक्तिपिठ भनेर गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती, बंगलामुखी, मैतीदेवी लगायतलाई चिनिन्छ ।


कस्तो लाग्यो ?

यो पनि