बैशाख १५, २०८१, शनिबार
               

लुटपाटपश्चात हत्या गर्ने ३ जना पक्राउ

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने रामेछाप सोनापती गाउँपालिका-३ घर भएका ६१ वर्षीय चन्द्र बहादुर योञ्जनको साथबाट सुनको ब्रासलेट र मोबाइल लुटी हत्या समेत गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहर"मा काठमाडौं थलि बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ लेखर्क घर भएका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, काठमाडौं महानगरपालिका-७ वौद्ध बस्ने सिन्धुपाल्चोक चौतारा बतासे नगरपालिका-२ घर भएका २३ वर्षीय रमेश तामाङ र रामेछाप धोवि गाउँपालिका-५ घर भएका २७ वर्षीय प्रेम तामाङ छन् ।

असोज २१ गते दिउँसो चन्द्रको पसलमा उनीहरूले वियर समेत सेवन गरी आफन्तलाई जग्गा चाहिएको भन्ने बहाना बनाई जग्गा विक्रीबाट आउने फाइदा बाड्नुपर्छ भनी प्रलोभनमा पारी पसलदेखि १ किलोमिटर पर बिडोलफाँटस्थित धानखेतमा लगेर कुटपिट गरी उनको साथमा रहेको उक्त ब्रासलेट र मोबाईल समेत लुटी फरार भएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका चन्द्रको ग्रीनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा गत बिहीबार मृत्यु भयो ।

अनुसन्धानको क्रममा मृतक चन्द्रले कामी लामालाई दिनुपर्ने बाँकी रकम दिन आनाकानी गरेपश्चात चन्द्रलाई कुटपिट गरेर भए पनि रकम असुल्ने योजना बनाई कामी लामाले असोज १८ गते काठमाडौं नयाँबस्तीमा रमेश र प्रेमसँग योजना बनाई चन्द्रको घर पहिचान गरेपश्चात असोज २१ गते दिउँसो जग्गा हेर्ने बहानामा उक्त धानखेतमा लगि उनीहरूले कुटपिट गरेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

अभियुक्तहरूकाे साथबाट घटनामा प्रयोग भएको बा.९६ प ७११४ नम्बरको मोटरसाइकल, मृतकले प्रयोग गरेको मोबाइल १ थान, सुन बिक्रीबाट प्राप्त रकम १ लाख ५५ हजार रुपैयाँमध्ये ५४ हजार ६ सय रुपैयाँ, १ थान हेल्मेट र १ तोला २ लाल गालेको सुन समेत प्रहरीले बरामद गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि