बैशाख १५, २०८१, शनिबार
               

दाङका प्रशासन र अदालतसहितका कार्यालय बन्द

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

कोभिड महामारीको प्रकोप बढ्दै गएकाले दाङका केही सरकारी कार्यालय बन्द भएका छन् । बन्द हुने कार्यालयमा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय छन् ।

दाङ देउखुरी जिल्ला अदालतले यही असोज २६ देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवामा रोक लगाएको  छ । अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम स्थगन गरिएको छ ।  अब दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले पनि आज सूचना जारी गर्दै यही असोज ३० गतेसम्मका लागि कार्यालय बन्द गरिएको जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत अम्मरराज शर्माले प्रशासनमा कार्यरत एक कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र थप अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको हुँदा पाँच दिनका लागि कार्यालय बन्द गरिएको जानकारी दिए । यस्तै दाङ जिल्ला नापी तथा मालपोत कार्यालय पनि यही असोज २२ देखि २८ गतेसम्मका लागि बन्द गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि