बैशाख १४, २०८१, शुक्रबार
               

डा. केसी–सरकारबीच वार्ता आज पनि, सहमति जुटे आजै अनशन तोड्ने

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

काठमाडौं । अनसन बसेको २५औं दिनमा सरकारले डा. केसीसंग वार्ता सुरु गरेको छ ।  चिकित्सा क्षेत्र सुधारको माग राख्दै १९औँ पटक अनशन डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज फेरि वार्ता हुने भएको हो ।

हिजो अबेरसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको वार्ता विना निष्कर्ष टुङ्गिएको वार्ता आज पुन: बस्ने भएको हो । वार्तामा डा. केसीले उठाएका मागका विषयमा छलफल भएको थियो। छलफलले डा. केसीका ६ बुँदे मागलाई बुँदागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारिएको थियो । तर अन्तिम निष्कर्षमा भने पुग्‍न नसकेपछि आज फेरि वार्ता बस्न लागेको हो ।  

गएराति अबेरसम्म भएको वार्ता सकारात्मक भएपछि आज पनि वार्तालाई निरन्तरता दिन लागिएको हो। आजको छलफलको समय भने तय भइनसकेको डाक्टर केसीको तर्फबाट वार्ता टोलीका संयोजक डाक्टर जीवन क्षेत्रीले जानकारी दिए । हिजो चरण चरणमा भएका वार्तामा डाक्टर केसीले उठाएका माग सम्बोधनका लागि बुँदागत रुपमा छलफल भएको थियो । प्रायः सबै बुँदामाथिको छलफल सकारात्मक रहेकाले आज निष्कर्ष निकाल्ने गरी वार्ता हुने डाक्टर क्षेत्रीले बताए ।

डाक्टर केसीले उठाएका सबै मागमा बुँदागत छलफल भएको छ, डाक्टर क्षेत्रीले भने, ‘आज सकेसम्म निष्कर्षमा पुग्ने प्रयास गर्नेछौं ।’ आज सहमति भए डाक्टर केसीले आजै अनशन तोड्ने पनि बताए । केसीले ६ बुँदे माग राखेर भदौ २९ गते जुम्लाको चन्दनाथबाट १९औं अनशन सुरु गरेका थिए। त्यहाँबाट काठमाडौं ल्याइएका डाक्टर केसीको अनशन त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज २६ औं दिन पनि जारी छ ।

वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा र डा. केसीको पक्षबाट डा. जीवन क्षेत्रीको नेतृत्वको टोलीले वार्ता गरिरहेको छ । हिजो दिउँसो केही बेर रोकेर वार्ता जारी राखिएको थियो। बिहीबार नै सहमतिमा पुग्ने प्रयास गरिए पनि दुवै पक्षले थप छलफल आवश्यक परेको भन्दै वार्ता पुन: बस्ने गरि स्थगित भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि