बैशाख १५, २०८१, शनिबार
               

डा. गोविन्द केसी र सरकारी टोलीबीचको वार्ता के भयो ?

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारबाट गठित वार्ता समिति र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच आज भएको वार्ता निष्कर्षविहीन सकिएको छ

चिकित्सा शिक्षा तथा सुशासनसँग सम्बन्धित विभिन्न माग राखेर २५ दिनदेखि अनशनमा रहेका डा. केसीका माग सम्बोधन गर्न भन्दै आज (बिहीबार)  शिक्षा मन्त्रालयमा दिनभर वार्ता भएको थियो ।

पटकपटक स्थगित हुँदै चल्दै गरेको वार्ता राति साढे ८ बजेसम्म कुनै टुंगोमा नपुगी स्थगित भएको डा. केसीका वार्ता टोलीका सदस्य अधिवक्ता ओम प्रकाश अर्यालले जानकारी दिए ।

वार्ता कुनै निष्कर्षमा पुग्न नसकेको र फेरि बस्न सक्ने गरी वार्ता स्थगित भएको उनले जानकारी दिए ।

सहमति नजुटेपछि थप आन्तरिक गृहकार्य गर्ने भन्दै वार्ता स्थगित भएको बताइएको छ ।

आजै राति थप छलफल हुन सक्ने पनि उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि