बैशाख १४, २०८१, शुक्रबार
               

डा. गोविन्द केसीसँग आज वार्ता हुँदै

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

काठमाडौं । अनशनरत डा. गोविन्द केसी र सरकार पक्षबीच आज दिउँसो वार्ता हुने भएको छ । 

डा. केसी अनशन बसको २४ दिनसम्म मौन बसेरेको सरकारले बुधबार वार्ता टोली गठन गरेको थियो । तीन सदस्यीय सरकारी बर्ता टोली गठन भएपछि डा. केसीको तर्फबाट पनि चार सदस्यीय वार्ता टोली बनाइएको थियो । 

दुवै पक्षका वार्ता टोलीले आज (बिहीबार) दिउँसो वार्ता गर्ने भएका हुन् । दिउँसो ४ बजे वार्ताको समय तय भएको छ ।  

वार्ताको पक्षमा नदेखिएको सरकारले  प्रमुख प्रतिपक्षी दल, चिकित्सक संघ, राष्ट्रिय मानव अधिकार आयोग, समाजका अन्य अंग र सत्तारुढ दलकै नेताहरुको दबाबपछि बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । 

सरकारको टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा सदस्य छन् ।

सरकारको तर्फबाट वार्ता समिति बनेको केही घन्टापछि डा. केसीको तर्फबाट पनि चार सदस्यीय वार्ता टोली बनाइएको थियो ।  

केसीका तर्फबाट बनेको टोलीमा डा. जीवन क्षेत्रीको नेतृत्वमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।


कस्तो लाग्यो ?

यो पनि