बैशाख १२, २०८१, बुधबार
               

कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ : डा. भट्टराई
'डा. केसी बाँच्नुपर्छ'

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीको नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।

डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि सरकारले वार्ताको पहलसमेत नगर्नु दुखद भएको डा. भट्टराईले बताए ।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्, ‘२३ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? यो क्रिमिनल नेग्लिजेन्स हैन ?’

डा. भट्टराई थप लेख्छन्, ‘तुरुन्त वार्ता गर, समाधान खोज । डा. केसी बाँच्नुपर्छ ।’

उनले अगाडि लेखेका छन्, ‘मूर्खदेखि दैव डरा’ भनिन्छ  ! कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ । सबै चेतौं !’


कस्तो लाग्यो ?

यो पनि