बैशाख १७, २०८१, सोमबार
               

चिकित्सकहरुले बहिष्कार गरे ओपिडी सेवा

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

काठमाडौं । तीन वटा मेडिकल कलेजका आवासीय चिकित्सकहरूले आज (मंगलबार) देखि ओपिडी सेवा बहिष्कार गरेका छन् । 

२३ दिनदेखि चिकित्सा शिक्षा सुधारको मागसहित अनशनमा बसेका डा‍. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले ओपिडी सेवा बहिष्कार गरेका हुन् । 

यी शिक्षण संस्थाका चिकित्सकहरुले विज्ञप्ति जारी गर्दै डा. केसी अनशन बसेको २२ दिन पूरा भइसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणासमेत गरेका छन् । 

ओपिडी सेवा बन्द गर्नुका साथै आवासीय चिकित्सकहरूले कालोपट्टीसहित धर्नाका विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिने बताएका छन् । कोभिड–१९, इमर्जेन्सी तथा इन्डोर सेवा अवरोध नगरी कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने विज्ञप्तिमा उल्लेख छ । 

डा. केसीको जीवनरक्षाका लागि वार्ताटोली गठन गर्न माग गर्दै चिकित्सकहरूले माग पूरा नगरे आन्दोनका थप कार्यक्रम गर्ने बताएका छन् । 

त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. केसीको  स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताउँदै आएका छन् । केसीलाई अक्सिजनको सहारामा राखिएको छ भने उनले अन्य कुनै उपचार लिन मानेका छैनन् । 

हिजोदेखि उनी बोल्न समेत नसक्ने अवस्थामा पुगेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि