बैशाख १४, २०८१, शुक्रबार
               

एक साताभित्र नाका सहज हुने

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । रसुवागढीस्थित केरुङ नाकामा एक हप्ताभित्र सहज गर्ने गरी दुई देशबीच सहमति भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनले निरन्तर कूटनीतिक संवादमार्फत नाका समस्याको समाधान गरिएको पनि बताए ।

उनका अनुसार आज पहिलो पटक बिसिजीलगायत अत्यावश्यक खोपसहित अन्य औषधिजन्य सामग्री नेपाली भूमिमा प्रवेश गरिसकेका छन् । खास गरेर नाकाका केही श्रमिकलाई कोभिड-१९ संक्रमण देखिएपछि केही समयदेखि नाका अवरुद्ध भएको उनले जानकारी दिए-“केही दिनदेखि ढुवानीमा केही समस्या उत्पन्न भएका थिए । त्यसले नेपालीको ठूलो लगानी फसिरहेको छ, चाडपर्वका बखत अत्यावश्यक वस्तु आउन नपाउँदा बजारमा अभाव खड्किरहेको छ”, उनले भने ।


कस्तो लाग्यो ?

यो पनि