बैशाख १४, २०८१, शुक्रबार
               

कोरोना परीक्षण गर्न आउनेको भीडले कोरोना जोखिम

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पिसिआर गर्नेको अनियन्त्रित भीड देखिन थालेको छ । लकडाउन र निषेधाज्ञाको समयमा खासै भीड नहुने सो अस्पतालमा अहिले दैनिक सयौं जनाको भीड देखिन थालेको हो ।

भीडले  काठमाडौंमा कोभिड १९ संक्रमणको जोखिम बढाएको छ  । विभिन्न ठाउँबाट पेसा/व्यवसायदेखि रोजगारीका लागि काठमाडौं आउनेहरू पिसिआर परीक्षणका लागि टेकु पुग्नेको अस्तव्यस्त भीडले संक्रमणको जोखिम बढाएको हो । जसबाट संक्रमण फैलन सक्ने चेतावनी जनस्वास्थ्यविद्हरूले चेतावनी दिएका छन् ।

हाल देशभर नै पिसिआर बढाउन नसक्नुको कारण पिसिआर ल्याबको अभाव नभइ जनशक्तिको अभाव भएको सरकारको भनाइ छ ।
टेकु अस्पतालमा भीड हुनु पनि ल्याबको कारणले मात्रै होइन जनशक्ति  नभएकोले बताएको छ । 

टेकुको लाइनले पिसिआरका लागि भइरहेको ढिलाइलाई मात्रै नदेखाइ संक्रमणको हुने खतरा पनि बढेको विज्ञहरू बताउँछन् । उनीहरू आएको ठाउँबाट संक्रमित नभएको भए पनि लाइनमा या काठमाडौंमा पनि संक्रमण भएको भए त्यसले समुदाय संक्रमणलाई निकै व्यापक बनाउने जोखिम छ । 

‘यसरी लाइनमा लगाएर परीक्षण नै गर्नु हुन्न । यसको व्यवस्थापनका विभिन्न उपाय छन् । त्यसो गरिएन भने मधेशतिरबाट आउने लाइन बस्ने र कोठामा जाने भए त्यसले नै काठमाडौंलाई सोतर बनाउँछ’ विज्ञहरू भन्छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोगसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि छ । प्रयोगशाला र शुक्रराज अस्पताल फरकै भए पनि नजिकै छन् । टेकुमा लाइन लाग्नेहरूलाई भने शुक्रराज अस्पतालले मात्रै परीक्षण गर्छ । तर त्यहाँको ल्याबको क्षमता धेरै नभएको अस्पतालले बताएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि